काठमाडौं । नेकपा एमाले विवादको उत्कर्षमा पुगेको छ । नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद राजीनामाको तायारीको लागि सांसद संघीय संसद्को सचिवालय भेला भएका छन् ।
नेपाल समूहका नेताबीच भर्चुअल छलफल भएपछि सांसद संघीय संसद् सचिवालयमा पुगेका हुन्।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सोमबार संसद्बाट विश्वासको मत लिने तयारी गरेपछि त्यसलाई असफल पार्न नेपाल समूहका सांसद राजीनामाको तयारी थालेका हुन् ।
नेपाल समूहका सांसद राजीनामा बुझाउन सिंहदरबार पुग्दा अध्यक्ष अोलीले राजीनामा रोक्न अर्थमन्त्री विष्णु पौडेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सिंहदरबारमा पठाएका छन् ।
नेताहरूबीच संसद सचिवालय सिंहदरबारमा वार्ता हुनेछ।