नेपाल साग फूटबलको फाइनलमा, भूटानसँग भिड्ने

काठमाडौं । डिफेन्डिंग च्याम्पियन नेपाल दक्षिण एसियाली फुटबल (साग) फुटबलको फाइनलमा प्रवेश गरेको छ । नेपाल सागमा लगातार दोस्रो फाइनलका लागि मैदानमा उत्रने भएको छ ।

यो नेपाली फूटबलका लागि महत्वपूर्ण क्षण हो । किनकी दक्षिण एसियाली फूटबलमा भारतको दवदवा कायम रहेको छ । अघिल्लो सागमा नेपालले भारतलाई हराएर स्वर्ण जितेको थियो ।

यसपटक भारतले भाग नै लिएन । फाइनलमा भूटान र नेपाल पहिलो पटक प्रतिस्पर्धा गर्नेछन् । किनकी भूटान इतिहासमै पहिलो पटक फाइनल प्रवेश गरेको हो । ने

पालले आइतबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशमाथि १-० को कठिन जीत निकाल्यो । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमा अग्रता लिएको थियो ।

कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले उत्कृष्ट फिनिसिंग गर्दै गोल गरेका थिए । त्यसपछि भने दुबै टोलीबाट गोल भएन् ।

निकै प्रतिस्पर्धात्मक तथा तनावपूर्ण खेलको अन्तिम २ मिनेट बंगलादेश १० खेलाडीमा सिमित भएको थियो ।

बंगलादेशका खेलाडीले दोहोरो पँहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । अब नेपाल र भूटानबीच मंगलबार फाइनल खेल हुने भएको छ ।