नेप्सेमा दोहोरो अंकले गिरावट, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । साताको अन्तिम दिन शुक्रबार पनि सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १४.१० अंकले घटेर १९१०.३८ को बिन्दुमा रोकिएको हो । यसदिन २२० कम्पनीको २९ लाख १६ हजार २७१ कित्ता सेयर ९० करोड ८१ लाख रुपैयाँ बढीमा कारोबार भएको नेप्सेले जनाएको छ ।

बिहिबार पनि नेप्सेमा उच्च अंकले गिरावट आएको थियो । वित्तीय प्रणालीमा तरलता अभाव, ब्याजदर वृद्धि लगायत कारणले बजार ओरालो लाग्नेक्रम नारी रहेको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूह मध्ये म्यूचअल फन्ड बाहेक सबैको परिसुचक घटेको छ । यसदिन सर्वाधिक सेयर कारोबार हुनेमा रिडी पावर कम्पनी रहेको छ । यस कम्नीको ४ करोड रुपैयाँ बराबर बढीको सेयर कारोबार भएको हो ।

यसैगरी, हिमालय एभरेष्ट इन्स्योरेन्स कम्पनी र नबिल बैंकको ३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । यसदिन सर्वाधिक कमाउनेमा नबिल ब्यालेन्स फन्डका लगानीकर्ता रहेका छन् । सो कमपनीका लगानीकर्ताले ७ प्रतिशत बढीले कमाएका छन् । यसदिन सबैभन्दा धेरै गुमाउनेमा मिर्मिरे माइक्रो फाइनान्स

डेभलपमेन्ट बैंकका लगानीकर्ता रहेका छन् । यस कम्पनीको सेयर मूल्य आज ५.५९ प्रतिशतले घटेको छ । यसैगरी, रिभर फल्स पावर कम्पनी र अपस सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर मूल्य ५ प्रतिशत बढीले घटेको छ ।