न्युजर्सी ।
न्युजर्सी राज्यको नेपाली समुदायमा पहिलो पटक ऐतिहासिक “नेपाल डे” हुने भएको छ । प्रवासमा नेपाली पहिचानको स्थायित्वकरणको लागि महत्वपुर्ण कोशेढुँगा साबित हुने विश्वास गरिएको नेपाल डे आगामी मे ३१, २०२५ का दिन हुने भएको हो ।
गत शनिबार “नेपाल डे”को सम्पन्न पहिलो आयोजक समितिको बैठकबाट कार्य समिति गठन गरिएको हो । एनआरएन अभियानकर्ता तथा सामाजिक अभियन्तादहरु संजिब श्रेष्ठ, सतेन्द्र साह र राजेन्द्र श्रेष्ठको संयुक्त संयोजन र पहलमा न्युजर्सीको फेयरलनमा पहिलो पटक “नेपाल डे” हुन लागेको हो ।

नेपाली पहिचानको स्थायित्वकरणको निमित्त प्रवास भूमीमा हुन लागिएको यस अभियानको अध्यक्ष राजेन्द्र श्रेष्ठ, कन्भेनर सतेन्द्र साह, कोकन्भेनर न्युजर्सीमा रहेका नेपाली संघ संस्थाका प्रतिनिधिहरु, ब्यवस्थापन तथा स्वागत समिति फेयरलेन नेपाली समाज, आर्थिक संयोजक कृष्ण अधिकारी, कार्यक्रम ब्यवस्थापक भिमसेन खड्का, स्वयंसेवक संयोजक समिर कॅुवरलाई आयोजक समितिको बिबिध उत्तरदायित्व सहित गठन गरिएको हो ।

नेपाल पहिचानको स्थायित्वकरण हुने बिशेष कार्यक्रममा नेपालको कला, संस्कृत, भाषा, भेषभुषाको परिचित स्टल प्रदर्शनी, खानाको प्रदर्शनी र बिशेष सांस्कृतिक कार्यक्रम हुनेछ ।
कार्यक्रम फेयरलन सिटीको कार्यालयको प्रमुख आयोजना र न्युजर्सीमा रहेको नेपाली संघ संस्थाहरुको आयोजनामा हुन लागिएको हो ।