अक्टोबर १०, न्युयोर्क
केही महिनाअघि नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य, डा चन्द्र भण्डारी आफ्नै घरमा खाना पकाउने ग्यास पड्किएर जलनमा परि सख्त घाईते भएका थिए। उनको हालत निकै चिन्ताजनक भएर उनलाई उपचारका लागि भारत लगिएको थियो। उनी देश र जनताको चिन्ता गर्ने एक गहिरो चिन्तक हुन् । खरो बक्ता र युवा पिडिमा निकै लोकप्रिय भएका कारण स्वदेश र विदेशमा उनको स्वास्थ लाभको कामना गरिएको थियो। उनी अहिले अन्तराष्ट्रिय जलन पिडितहरुको सम्मेलनमा भाग लिन अमेरिका आएको मौका पारि जनसम्पर्क समिति अमेरिकाले ज्याक्सन हाईट्समा एक छलफल अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो।
अन्तरक्रिया कार्यक्रम आनन्द बिष्टको सभापतित्वमा भएको थियो। मुख्य अतिथि सांसद भण्डारी थिए र उनैले छलफलको बिषय उठान गर्ने र ति बिषयहरुमा सहभागीहरुले आफ्नो प्रतिक्रिया दिने र बिषयलाई उदाहरण सहित बिस्तार गर्दै सुझाव प्रस्तुत गर्ने सवाल थियो।
सांसद भण्डारी एक विद्वत व्यक्तित्व हुनुहुन्छ। उनले बिभिन्न फोरमहरुमा बोलेको देश र बिदेशमा नेपालीहरुले सुनेका छन। उहाँ देश र देशबासीको कसरी अवस्था सुधार्न सकिन्छ भन्ने बारे सधै चिन्तन मनन गर्ने व्यक्ति भएकोले अमेरिकामा रहेका नेपालीहरु माझ नेपालको अवस्था बारे बिस्तृत जानकारी गराउँदै त्यसको निराकरणको लागि के कस्ता उपाय अपनाउन सकिन्छ भन्ने धारण पत्ता लगाउन उनले बिस्तृत रुपमा नेपालको पार्टीहरु, बिशेष गरि कांग्रेस र एमाले, व्यवस्था परिवर्तन र त्यसको उपादेयता, संबिधान र त्यसको सही कार्यावन नहुनु, समाबेशिता र त्यसको बिकृति, नाताबाद फरियाबादको बिगबिगी, भ्रष्टाचार इत्यादि बारे लामो समय लिएर बिषय उठान गरि दिए। त्यस्तै जातीय विभेद प्रकाश पार्दै भने, ” एक दलित बिस्वकर्माले निर्माण गरेको त्रिशुल, घण्टा र अनेक सामाग्री मन्दिरमा चढाइन्छ । तर त्यही बिस्वकर्मालाई मन्दिर प्रवेशमा रोक लगाइन्छ। ” यसबाट सामन्ति व्यवस्था कायमै रहेको स्पष्ट पारे। काग्रेसले सामन्ति व्यवस्ता बिरुद्ध हतियार उठाएर ल्याएको प्रजातान्त्रिक व्यवस्थामा यद्यपि समाजमा सामन्ति व्यवस्था नै कायम रही रहनु सम्पुर्ण नेपालीहरुको लागि लजास्पद बिषय भएको स्पस्ट पारे।
डा भण्डारीले बिबिध बिषयहरु उठान गरि आफ्नो भनाई अन्त्य गरे पश्चात सहभागीहरुले ति बिषयहरुमा आफ्नो प्रतिक्रिया र सुझाव प्रस्तुत गर्न फ्लोर खुल्ला गरिएको थियो। अनि सहभागीहरुले हात उठाउदै आफ्नो प्रतिक्रिया र सुझाव दिन थाले। यसै क्रममा बिष्णु सिंहले जनप्रिय सांसद भण्डारी जलनमा परि ज्यान जोखिममा पर्दा उनको सुरक्षा र स्वास्थ लाभको लागि अमेरिकाको चर्चमा भगवानसंग प्रार्थना गरेको र अहिले भगवानको कृपाले अमेरिकामा देख्न पाउदा अत्यन्त खुसी लागेको बताए। तत्पश्चात उनले नेपालको संबिधान आफै नै समाजबाद उन्मुख हुने व्यवस्था गरेकोले अहिले बिभिन्न पार्टिहरुले मिलेर समाजबादी मोर्चा गठन गर्नुको कुनै तुक नभएको स्पस्ट पारे। साथै देशबाट सामन्ति व्यवस्था हटाउन संबिधानमा जात निरिपेक्ष व्यवस्था हुनुपर्ने, र राज्यले धार्मिक स्वतन्त्रताको व्यवस्था गर्दै धर्म निरिपेक्ष हटाएर आफुलाई धर्मबाट अलग राख्नु पर्ने अमेरिकाको उदाहरण सहित आफ्नो सुझाव पेश गरे। अन्तमा सभापति बिष्टले कार्यक्रममा पाल्नु हुने सबैले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम बिसर्जन गरे।