न्युयोर्क
नेपालका चर्चित ८ हास्यकलाकारहरुका साथमा आगामी जनवरी १९ तारिख शुक्रबार कमेडी नाइट हुने भएको छ ।
“अब हाँस्छ अमेरिका” नारासहित अमेरिकाका विभिन्न सहरमा दर्शकलाई हँसाउन कलाकारहरुको जम्बो टोली अमेरिकाको यात्रामा छ । न्युयोर्कमा हुने “अब हाँस्छ न्युयोर्क” कमेडी नाइटको तयारी पनि अन्तिम चरणमा पुगेको जानकारी प्राप्त भएको हो ।

बिदेशमा कामको तनाव, समयको अभाव, सबै प्रकारको समस्यालाई केही छिन भएपनि हास्य मनोरञ्जनको माध्यामबाट मन मस्तिस्कलाई शान्त पार्दै मज्जाले हाँस्नको लागि यो सोले मद्द्त गर्ने आयोजकले बताएको छ ।
उक्त कमेडी नाइट न्युयोर्कको क्वीन्सस्थित उडसाइडमा रहेको टिबेटेन कम्युनिटी सेन्टरमा हुने स्थानीय आयोजक विनिता तामाङ र मनिता गुरुङले बताएका छन । बेलुका ७ बजेदेखि राति १२:०० बजेसम्म हुने कार्यक्रममा हास्यकलाकारहरु सन्दिप क्षेत्री, सुमन कार्की, विष्णुप्रसाद गौडेल, साजन श्रेष्ठ, कैलाश कार्की, सन्तोष थापा, भरतमणी पौडेल, सुमन कोइरालाको प्रस्तुति रहनेछ। साथै कार्यक्रमको ध्वनि नियन्त्रण र साँगितिक समायोजन न्युयोर्कका चर्चित डिजे एलएसले गर्ने भएको छ ।

जनरल टिकटको मूल्य ७० डलर र भीआईपी १०० डलर तोकिएको छ । भीआईपी १०० डलरको टिकटमा मिट एण्ड ग्रिट र एउटा नि:शुल्क पेयपदार्थ समावेश रहेको छ । टिकट र सामुहिक प्याकेजका लागि विनिता तामाङ र मनिता गुरुङलाई ३४७ ५१० २१७३ र ६४६ ९२५ ७२३७ मा पनि सम्पर्क गर्न सकिन्छ ।
साथै नियमित टिकट अनलाइनबाट पनि किन्न सकिने व्यवस्था रहेको छ ।
एक महिना बढी चल्ने यात्रा न्युयोर्क लगायत अमेरिकाको १९ विभिन्न राज्यहरुमा कार्यक्रम हुने बताइएको छ। बिशुद्ध मनोरञ्जनात्मक कार्यक्रमको सफलताको लागि स्थानीय व्यवसायीहरुले पनि सहयोग गरेका छन् ।