न्युयोर्क सिटी काउन्सिल २५ को उम्मेदबारमा ई चेन र सहयोगीमा नेपाली मुलका दिपेन्द्र लामा

न्यूयोर्क

न्यूयोर्क सिटी काउन्सिल सदस्य डिष्ट्रिक्ट- २५ का उम्मेदवार चिनियाँ-अमेरिकन एण्डी चेनले आफ्नो चुनावि अभियानका लागी नेपाली मुलका दिपेन्द्र लामालाई अभियान ब्यवस्थापकको रुपमा चयन गरेको छ ।

चेनले आफ्नो आधिकारिक उम्मेदवारी घोषणा कार्यक्रममा सम्बोधन गर्दै “अबको समय भनेको हामी एसियन युवा पिढिहरुले नेतृत्व लिने समय हो, नेतृत्व तहमा हामी पुग्न नसक्नु भनेको हाम्रो अधिकारको निम्ति बोल्ने अधिकारबाट बंचित हुनु हो” भनेका छन् । उनले चुनावि अभियानलाई प्रभावकारी ढंगले अगाडि बढाउन र सिटीमा उल्लेख्य स्थान सुरक्षित बनाउनका आफ्नो टिमले कुनै कसर बाँकी नराखेको र चुनावि अभियानमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

भोट गरी बिजय हुने समय मार्च २२, २०२१ लाई ईंगित गर्दै यी चेनले उनको चुनावि अभियानलाई सहयोग पुर्याउनका लागी धेरै भन्दा धेरै स्वयंसेवकहरुको आवश्यक हुने भएकोले इच्छुकले निम्न सम्पर्क नम्बर (646) 623-6545 वा WeChat “tony1978903” टिममा जोडिएर सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

यस अभियानमा प्रमुखको रुपमा नेपाली मुलको दिपेन्द्र लामालाई चयन गर्दै, लामाको माध्ययमबाट दक्षिण एशियाली राष्ट्रहरु नेपाल, भारत, पकिस्त्तान, बंगलादेश र एशियन राष्ट्र थाइलैन्ड, फिलिपिन्सको साथै अन्य समुदायसंग सहकार्य गरी अगाडी बढ्ने कुरा यी चेनले जानकारी गराएका छन् ।

दिपेन्द्र लामाले “अमेरिकन राजनीतिको यो स्तरको चुनावि अभियानमा ई चेनको सहयोगी बनेर काम गर्नुको उदेश्य भनेको अमेरिकी भुमीमा नेपाली समुदायको विकास र हितको निम्ति अमेरिकी मुलधार राजनीतिमा नेपाली समुदायको प्रतिनिधित्व र सहभागिता अति आबश्यक रहेको महसुस भएकोले पनि आफु लागेको” बताए ।

चुनावि अभियान सफल भए नेपाली अमेरिकी समुदायको बिकासको निमित्त बुंदागत रुपमा आफ्नो एजेण्डा प्रस्तुत गरेका छन् ।

१.  नेपाली सामुदायिक भवन केन्द्र निर्माण गरी नेपाली संस्कृतिको प्रवर्द्धन गर्दै सबै पुस्तालाई एकसाथ आगाडि बढाउँदै बलियो समुदायको निर्माण गरी आउँदो पुस्तालाई संस्कृति हस्तान्तरण गर्नु।

२.  नेपाली समुदायको विकासको निमित्त कुनै पनि सरकारी निकायमा नेपाली समुदायबाट प्रतिनिधित्व गर्न ।

३.  दक्षिण एशियाली मूलमा / नेपाली सल्लाहकार परिषद गठन गरि नेतृ्तवदायी भुमिकामा सकृय सबैलाई एउटै छाता मुनि ल्याउन । 

४.  नेपाली समुदायको आर्थिक विकासको लागि ‘नेपाली चेम्बर अफ कमर्स’ गठन गर्न मद्दत गरी नेपाली ब्यापारिक समुदायलाई सक्रिय रूपमा सहयोग पुर्‍याउनु ।

५.  अमेरिकी सरकारमा नेपाली समुदायको लागि नेपाली दिवस अमेरिकाकामा मनाउने अवसर प्रदान गराउन ।

चुनावि अभियानको कार्यालय:-
83-16 Cornish Ave, Elmhurst, NY 11373
समय :- बिहान १०:०० देखि – साँझ ८:०० बजेसम्म
[email protected]