न्यूयोर्कबाट देखेको कोरोना र अमेरिका

योगेश आदी, न्यूयोर्क

अहिलेलाई संयोग मात्रै ठानौं कि अमेरिकाको सबैभन्दा कोरोना प्रभावित राज्य न्यूयोर्क सहरको एउटा बस्ती – जसको नाम पनि “कोरोना” हो, जुन हाल कोरोना भाइरसको एपिसेण्टर बनेको जहाँ परिवारका साथ बस्दछु यही ठाउँबाट , मेरो कोरोना अनुभव लेख्दैछु मेरो अनुमान गलत होस् तर सत्य साबित के हुनेवाला भने; अबको हप्तामा अमेरिकाले मृतकको संख्यामा पनि अन्य देशलाई जित्नेछ । न्यूयोर्क राज्य एक्लैले १० हजार लासको जिम्मा लिनेछ यदि मैले भनेको जति मात्र क्षति हप्तामा हुने हो भने अमेरिकाले कोरोनालाई जितेको हुनेछ कारण चौंथौं प्याराग्राफमा बताउँछु

११ वर्षे अमेरिकी जीवनमा मैले अमेरिकालाई धेरथोर बुझें ग्रेट पाएँ अपबाद बाहेक अधिकांस युरोपियन, कनेडियन, जापानिज र अष्ट्रेलियनले पनि अमेरिकाको कागजात पाउने हो भने भोली बसाई सर्ने सयौंसँगको कुराकानीबाट थाहा पाएँ जुन किन भनिएको रहेछ ? भन्ने आज यो कोरोना संकटको बेला टड्कारो भयो यो तेश्रो प्याराग्राफमा लेख्नेछु त्यो भन्दा अगाडि केही मेरो कुरा; यो अवस्थामा मेरो चुनौति भनेको ६४ वर्षकी डायलासिस गर्नै पर्ने आमा ६७ वर्षका औषधिप्रेमी बुवालाई जोगाउनु भएकोले थप चिन्ता बोकेर बस्तुस्थिति बुझ्दै, जानेको सावधानी अपनाएर घरको वातावरण सामान्य बनाउने कोशिस गरिनै रहें मलाई ज्वरो आयो कसैलाई भनिन दिनको / पटक औषधि लिएँ घाँटी दुखेर गालामा दिन टेप लगाएँ सामान्य हो भनेर टार्दिएँ साथीभाईसँगको भिडियो कल लाइभमा रमाउन छाडिन किनकि बलियो मानसिकता आधा औषधि हो भनेर मेरी आमाले प्रमाणीत गरिसकेको दृष्टान्त सामुन्ने अहिले दिनदेखि श्रीमतीले औषधि खाइरहेकी छिन् उनलाई भुलाउन म्यारिज खेल्न सिकाएँ, खेलाएँ, पोख्त बनाएँ उनको रुची मनन गर्दै तासले नै निको पार्दिएँ यो सबै लेख्नुको तात्पर्य के हो भने परिवारलाई जीवन्त राख्न आफू जीवन्त बनेर देखाउनुपर्ने रहेछ सामाजिक सहभागिता परिवारको महत्व यो कालखण्डले बेस्सरी सिकायो

अमेरिकाभन्दा राम्रो सामाजिक सुरक्षा स्वास्थ्य सुविधा अन्य देशमा भएता पनि अमेरिका सबैको आकर्षण बन्नुको मुख्य कारण स्वतन्त्रता रहेछ संसारमै सस्तो खाना सर्वसुलव स्कुलपद्दति छँदैछ कोरोनालाई संकटकाल घोषणा गरेर अधिकाँश देशले लकडाउन गरे । अमेरिकाले गरेन मैले पनि गरोस् भन्ने चाँहे तर पनि गलत रहेछु अमेरिकाको आकार, जनसँख्या, सैन्य मोबिलिटी, गैंग, पुलिस प्रेजेन्स, अध्यागमन, हेल्थकेयर कम्युटिङ्को कारण अमेरिका चलि नै राख्नु पर्ने रहेछ राज्यले आम्दानी रोके सुविधा दिन नसक्ने रहेछ । अमेरिकामा बस्ने कसैले पनि यो अवस्थामा खाने सामानको अभावमा भोकै बस्नु परेन किनकि सबै ठुला खाद्य पसल निर्वाध खुले ट्रक डेलिभरी रोकिएन कालो बजार भएन घरैमै सामान पुर्याउने अनलाईन साइटहरु थप एक्टिभ बनें उबर, लिफ्ट, एब्बुलेट्टे, कार सर्भिस सबै, सबैको संकट मोचनका साथी बनें हप्ताको पटक आमालाई डायलासिस लैजान्छु गाडी लिन आउँछ, समयमै घर पुर्याउँछ ।  लाख मानिसले अमेरिका डायलासिस गर्दछन् एउटा प्रतिनिधि उदाहरण मात्र ठान्नुहोस् मेरो श्रीमती मेरो परिवारको केवल आम्दानीको श्रोत हो हामीले फेब्रेवरीमा हवाई घुम्न गएदेखि राम्ररी काम गरेका छैनौं मार्च तारिखमा कोष्टारिका गएदेखि बिल्कुलै कमाई छैन तर पनि हामीलाई अफ्ठेरो छैन किनकि अमेरिकाले मलाई मेरो श्रीमतीलाई गरी ६० हजार डलरको उधारो किन्न मिल्ने क्रेडिट् कार्ड दिएको त्यो माथि अमेरिकामा खाना, गाडी, पेट्रोल अति नै सस्तो भएकोले हरेक परिवार हुनेको धेरथोर बचत हुन्छ नै । जुन क्रेडिट् कार्डलाई अहिले महिनासम्म थप शुल्क नलाग्ने बनाई दिएको गाडिको किस्ता, बीमा रोक्दिएको राज्य धनी भएपछि जनतालाई सजिलो हुँदो रहेछ काम छुटेका सबैलाई बेरोजगार भत्ताको पैसा हप्तैपिच्छे आउने व्यवस्था मिलाएको । सबैभन्दा ठुलो कुरो वार्षिक परिवारको कर दर्ता गर्नेलाई २४०० डलर उपहार, एकललाई १२०० डलर १७ वर्षसम्मको बच्चा हुनेलाई प्रति बच्चा थप ५०० डलर दिने निर्णयमा तोक नै लागिसकेको अहिले पो बुझ्दैछु किन अमेरिका आकर्षण रहेछ भनेर !

अमेरिकालाई हार्न आउँदैन डलरलाई चलनचल्तिमा चीन, रुस, जापान लगायतले विश्वव्यापार कारोवारमा स्वीकार गरेको दोश्रो विश्वयुद्ध पछि हो, अब उनीहरुलाई नाफा डलरमै गर्ने बानी परिसकेको डलर चलुञ्जेल अमेरिका हार्दैन राष्ट्रपतिलाई कोरोनाले ५० हजार प्लस मान्छे मार्ने थाहा भएर नै डाक्टरलाई पोडियमबाट लाखको प्रोजेक्सन गर्न दिएको हो हामीले जानेको उनले नजानेको भ्रम पाल्न छाड्नुहोस् एउटा खेलकुद भइरहेको स्टेडियममा लाख अडियन्सलाई अमेरिकाले अनुमति दिन्छ त्यसको अर्थ त्यो स्टेडियम कुनै कारणले भत्किएर लाख मानिस मर्यो भनेपनि तिर्ने बीमा क्षतिपूर्तिको लागि तयार रहेको हुन्छ ९११ को घटनामा मर्नेको कुरा छाडौं, किलोमिटर पर पर्नेलाई समेत यो देशले अहिले १९ वर्षपछि पनि निशुल्क उपचार गर्दैछ ३२ करोड जनसँख्या भएको अमेरिकामा त्यसै पनि हरेक दिन ७५०० हाराहारीमा मानिस मर्ने गर्दछन् राज्य संयन्त्र कसरी चल्दा सन्तुलित रहन्छ भन्ने अमेरिकी प्रशासकलाई थाहा रहेछ मान्छे मर्ने अवस्था पनि; कति मर्दासम्म सामान्य कति मर्ने अवस्था आएमा असामान्य भन्ने यिनलाई भलेभाँती थाहा अमेरिकाको आकारको प्रजातान्त्रिक देश भावनाले मात्र चल्दैन अवस्थालाई व्यवस्थासँग सन्तुलित पारेर चल्नुपर्छ  मेरो लागि मेरो परिवार बाँचेर यो जंग छेड्नु ठुलो कुरा होला तर अमेरिकालाई अमेरिकै रहेर यो जंग जित्नु पनि अमेरिकाले चाहेको थियो भने गत जेनेवरीमै अन्तराष्ट्रिय उडान रोक्न सक्थ्यो तर अमेरिकाले रोके संसार रोकिन्छ भन्ने पनि बुझेको

मैले मेरो पुस्ताले यो अवधिमा मृत्युलाई बिस्तारै मुसार्ने अवसर पाएकोले थप मानवीय सदभावको पाठ सिक्यौं मृत्युको भय र बाँच्नुको चुनौतिमा जीवन कसरी अस्तित्वमा रहन सक्दो रहेछ, भन्ने पनि जान्यौं कोरोना अब १५ दिनमा ठीकठिकै अवस्थामा आइपुग्दासम्म यसको हाउगुजी सन्त्रास कम भइसकेको हुनेछ औषधिमुलोले एउटा लाइन समात्ने नै बाँच्नुको लालसा बढाएकोमा धन्यबाद कोरोना