न्युयोर्क
कोरोना भाइरसको इपिसेन्टर बन्दै गएको न्यूयोर्क शहरमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १९९ र संक्रमितको संख्या १७ हजार ८ सय ५६ पुगेको हेल्थ डिपार्टमेन्ट न्युयोर्कले जनाएको छ । संक्रमित मध्ये अधिकांश ५० बर्ष भन्दा कम उमेरमा भएको हेल्थ डिपार्ट्मेन्ट्को डाटाबाट पाईएको छ । संक्रमितमध्ये ५६ प्रतिशत मानिस ५० बर्ष मुनीका छन् ।
कोरोना संक्रमणबाट मृत्यु हुने १९९ मध्ये अधिकांश बृद्धबृद्धा र पहिले नै डाईबेटिज, फोक्सोको रोग, क्यान्सर, कमजोर प्रतिरक्षा प्रणाली र दम सम्बन्धी रोग भएकाहरु रहेको समेत न्युयोर्क हेल्थ डिपार्टमेन्टले जनाएको छ । मृत्यु भएका ५ जना मात्र ४४ बर्ष मुनिका छन् भने १७ बर्ष उमेर मुनिका कसैको पनि न्युयोर्क सहरमा मृत्यु भएको छैन । मृत्यु भएका मध्ये पैंतालिस जना ४५ बर्षदेखि ६४ बर्ष उमेर समुहका छन् भने छयालिस जना ६५ बर्षदेखि ७४ बर्ष उमेर समुहका छन् । १०३ जना ७५ बर्ष माथिकाको न्युयोर्क शहरमा बुधबारसम्ममा मृत्यु भएको छ ।