ओमन । बलमा सन्दिप लामिछाने र ब्याटमा रोहित पौडेल चम्किएको खेलमा नेपालले पपुवा न्यूगिनीमाथि सानदार जित निकालेको छ । शुक्रबार राती सुम्पन्न अन्तर्राष्ट्रिय वाड डे सिरिजको अन्तिम खेलमा नेपालले पपुवा न्यूगिनीलाई १५१ रनको विशाल अन्तरले हराएको हो । आज नेपालले सबै फरम्याटमा उकृत्ष्ट प्रदर्शन गरेको छ । टस जितेर पहिले ब्याटिंग गरेको नेपालले निर्धारित ५०९ ओभरमा सबै विकेट गुमाउँदै २३३ रन जोड्यो ।
२३४ रनको लक्ष्य भेटाउन मैदान उत्रिएको पपुवा न्यूगिनीले १९.१ ओभरमा ८२ रन जोड्दा सबै विकेट गुमायो । आज व्याटिंगमा नेपालका रोहित पौडेलले उत्कष्ट प्रदर्शन गरे । उनले ८६ रन जोड्दै करियरकै उत्कृष्ट योगदान गरे । उनलाई करण केसीले भरपुर साथ दिए । करणले २६ बलमा ४२ रन जोड्न सफल भए । कप्तान ज्ञानेन्द्र मल्लले ४५ रनको योगदान दिए । आज नेपालको ओपनिंग भने जम्न सकेन । मध्यक्रमले सम्हालेको इनिंगले अन्त्यमा मध्यम योगफल तयार भएको थियो ।
जवाफी ब्याटिंगमा उत्रिएको पपुवा न्यूगिनीलाई धरासायी बनाउने क्रममा सन्दीप लामिछाने हावी भए । उनी एक्लैले ६ विकेट लिए । सो क्रममा उनले मात्र ११ रन खर्चिए । आज सोमपाल कामी, सुसन भारी र बिक्रम सोवको नाममा समेत एक\एक विकेट रह्यो । आजको जितसँगै सिरिज नेपालको पोल्टामा आएको छ ।