एजेन्सी । पाकिस्ताका पूर्व सेना प्रमुख तथा पूर्व राष्ट्रपति परवेज मुसर्रफको निधन भएको छ।
पाकिस्तानी सेनाले यसको पुष्टि गरेको छ। पाकिस्तानी सेनाले मुसर्रफको आत्माको शान्तिको कामना गरेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार ७९ वर्षीय मुसर्रफको लामो समयदेखिको बिरामीका कारण दुबईको एक अस्पताल निधन भएको छ।
उनको दुबईकोअस्पतालमा उपचार भइरहेको थियो। परवेज मुसर्रफ २० जुन २००१ देखि १८ अगस्ट २००८ सम्म पाकिस्तानको राष्ट्रपति बनेका थिए।