पाकिस्तानद्वारा भारतमाथी ऐतिहासिक जित

काठमाडौं । जारी टि-२० विश्वकप क्रिकेटमा भारतलाई पाकिस्तानले नराम्ररी पराजित गरेको छ । कप्तान बाबर अजाम र विकेटकिपर माेहम्मद रिजवानको उत्कृष्ट ब्याटिङसङ्गै  पाकिस्तानले टी२० विश्वकपमा पहिलाे पटक भारतलाई हराएको हो । दुवै खेलाडीले अर्धशतक जोडे।  युएईमा भईरहेकाे आईसीसी टी२० विश्वकप अन्तर्गत सुपर १२ काे खेलमा पाकिस्तानले भारतलाई १०  विकेटले पराजित हरायो ।
टी२० विश्वकपमा भारतमाथि पाकिस्तानले इतिहासकै पहिलो जित निकाल्यो ।
भारतले दिएकाे १५२ रनकाे लक्ष्य पाकिस्तानले १७.५ ओभरमा विना क्षती पूरा गर्याे ।
रिजवानले ५५ बल खेल्दै ६ चाैका र ३ छक्का मद्दतमा अविजित ७८ रन बनाए । यस्तै कप्तान बाबरले ५२ बल खेल्दै ६ चाैका र २ छक्का मद्दतमा अविजित ६८ रन बनाए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे भारतले ७ विकेट गुमाएर १५१ रन बनाएकाे थियाे । भारतका कप्तान विराट काेहलीले ४९ बल खेल्दै ५ चाैका र १ छक्का मद्दतमा ५७ रन बनाए । ऋषभ पन्तले ३० बलमा ३९ रन जाेडे ।