काठमाडौं । एसीसी पुरुष इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टिम पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको छ । यद्दपी सोमपाल कामीले भने शाहसिक प्रदर्शन गरे । पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै नेपालले दिएको १८० रनको लक्ष्य भेट्टायो ।
पाकिस्तानका लागि मोहम्मद तय्यब ताहिरले सर्वाधिक ५१ रन बनाए । ६७ बल सामना गरेका उनले ६ चौका प्रहार गरे । त्यस्तै ओमार बिन युसुफले ३६ रन बनाउँदा कमरन गुलामले ३१ रन बनाए । सायम आयुबले २४ रन जोडे । नेपालका लागि ललित राजवंशीले ३, पवन सर्राफले २ र कुशल मल्लले १ विकेट लिए ।
यसअघि टस जितेर श्रीलंकाको कोलम्बो क्रिकेट क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।
१० ओभरमै ४३–६ को स्थितिमा रहेको नेपालका लागि नवौं नम्बरमा आएका ब्याटर सोमपाल कामीले अर्धशतक पारी खेलेपछि नेपालको स्कोर बढेको हो ।
७२–८ को अवस्थाबाट सोमपाले नेपालको ब्याटिङ सम्हालेका थिए । उनले १०१ बलमा ९ चौका र २ छक्काको मद्दतमा ७५ रन बनाए ।
नेपालका लागि ओपनिङ ब्याटर कुशल भुर्तेलले १ रन मात्र बनाएर आउट भए । त्यस्तै आरिफ शेखले १२ रन बनाउँदा अर्जुन साउदले १७ रन बनाए । कप्तान रोहित पौडेल पनि सस्तैमा आउट भए । ४ बल सामना गरेका उनी ४ रनमै आउट भए । भीम सार्की रनको खाता नखोली पेभेलियन फर्किए । पवन सर्राफ पनि १ रनमै आउट भए ।
प्रतिश जीसी र सोमपाल कामीको ५८ रनको साझेदारीपछि नेपालको स्कोर उकासिएको हो । प्रतिशले २६ रन बनाए । नेपालका लागि आसिफ शेख र कुशल मल्लले १७र१७ रन बनाए । श्रीलंकाको कोलम्बो क्रिकेट क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले पहिलो १० ओभरमै ६ विकेट गुमाएको थियो ।
पाकिस्तान ए का लागि साहनवाज दहनीले ५ र मोहम्मद वासिमले ४ विकेट लिए । यस प्रतियोगितामा एसियाली क्षेत्रका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले युवा खेलाडीलाई प्राथमिकता दिँदै ‘ए’ टोली पठाउने गरेका छन् भने एसोसिएटबाट छनोट भएर आउने राष्ट्रले राष्ट्रिय टोली पठाउँदै आएको छ ।