पाल्पा पहिरोमा ज्यान गुमाउनेको सनाखत

बुटवल । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारी भन्ने स्थानमा सोमबार पहिरोले बगाएर ज्यान गएका तीन जनाकै परिचय खुलेको छ ।

चितवनका वीरबहादुर गुरुङ, काभ्रेको होक्से–४ का निमेष श्रेष्ठ र पाल्पाका भुवन खाम्चाको पहिरोमा परी ज्यान गएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले पुष्टी गरेको छ ।

तानसेन–रिडी सडकखण्डअन्तर्गत सम्मोबारी भन्ने स्थानमा सोमबार अपरान्ह चार सवारी साधन सडक माथिबाट आएको पहिरोमा परी बगेका थिए । पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका लु २ ख १३७६ नम्बरको ट्रक, लु १ क १९२८ नम्बरको तेल बोक्ने ट्याङ्कर पहिरोमा बगेका हुन् ।

लु २ च ७०४३ नम्बरको कार र लु १ च ७०११ नम्बरको कुखुरा बोक्ने गाडी सडक छेउमै पुरिएका थिए । ती गाडीमा भने मानवीय क्षति भएन ।