काठमाडौं । पेरिस सेन्ट जर्मेइन (पिएसजी))को जर्सीमा अर्जेण्टाइन स्टार लियोनल मेसी पहिलो पटक मैदानमा उत्रिएका छन् । फ्रेन्च लीग अन्तर्गत रिम्सविरुद्धको खेलमा उनले पिएसजीका लागि डुब्यू गरे । उनी ६६ औं मिनेटमा मैदान छिरेका थिए । नेइमारलाई मैदान बाहिर निकालेर मेसीलाई पठाइएको थियो । उनी मैदान छिर्दा टीमले २ गोलको अग्रता लिइसकेको थियो । पिएसजीमा मेसी ३० नम्बर जर्सीमा खेल्दैछन् । नेइमारलाई प्रतिस्थापन गरी मैदान छिर्दा रंगशालामा दुबै टीमका समर्थकले उनको भब्य स्वागत गरेका छन् । मेस्सीले करिअरमै बार्सिलोनापछि पिएसजीबाट खेलेको हुन् । यो उनको जिन्दगीको दोस्रो डेब्यू थियो । यो खेलमा केलियन एम्बाप्पेले निर्णायक २ गोल गरेका छन् । टीम विजयी भएको छ ।
पिएसजीको जर्सीमा पहिलो पटक मैदान उत्रिए लियोनल मेसी, टीम विजयी
