पीएनजीमाथि नेपालको प्रभावशाली जित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजीलाई हराएको छ । मंगलबार यूएईमा भएको खेलमा नेपालले पीएनजीमाथि सात विकेटको जित निकालेको हो । यूएईले दिएको १७४ रनको लक्ष्य नेपालले ३७ ओभरमा तीन विकेट गुमाएर भेट्टायो । पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १७३ रन बनाएको थियो। नेपालको जितमा आरिफ शेखले ५९ रन बनाए । रोहित पौडेलले ४४ जोडे ।

बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछाने र सोमपाल कामीले दुई–दुई विकेट लिए । नेपालले सिरिजको पहिलो खेलमा पीएनजीलाई दुई विकेटले हराएको थियो। दोस्रो खेलमा यूएईसँग ४८ र तेस्रो खेलमा यूएईसँगै ९९ रनले पाराजित भएको थियो । नेपालले मङ्गलबार चौंथो खेलमा भने प्रभावशाली जित निकालेको हो । लिग–२ अन्तर्गतको सिरिजका १२ खेल खेलेको नेपाल छैठौं स्थानमा छ । १२ अंक जोडेको नेपाल ६ खेलमा विजयी भएको छ भने ६ खेलमा पराजित भएको छ ।