काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनका फ्रेन्च समकक्षी एमानुएल माक्रोँसँगको कुराकानीमा युक्रेनलाई असैनिकृत गरिदिने र तटस्थ बनाइदिने आफ्नो उद्देश्य सफलतापूर्वक सम्पन्न गरिने बताएका छन् । बीबीसीका अनुसार उनीहरूबीच भएको टेलिफोन कुराकानीबारे दिइएको विवरणमा युक्रेनद्वारा वार्तामा गरिने ढिलाइले केवल रुसका मागहरू बढ्दै जाने पुटिनको तर्क थियो । साथै पुटिनले बुधवार माक्रोँले गरेको एक सम्बोधनप्रति आफ्नो विमति जनाएका थिए।
सो सम्बोधनमा माक्रोँले युद्ध सुरु गर्न केवल पुटिनमात्र जिम्मेवार रहेको बताएका थिए। उता, फ्रान्सले भने बिहीबार एक एडभाइजरी जारी गरेको छ । जसमा रुसबाट आफ्ना नागरिकलाई तत्काल बाहिरिन भनिएको छ । यसले युद्ध अझ चर्कने संकेत गरेको विश्लेषकहरुले बताएका छन् । बिहीबार समेत रुसी सेनाले युक्रेनमा आक्रमणलाई तिब्रता दिएको छ ।