काठमाडौं । नेपाल, मलेसिया र पपुवा न्यूगिनी बिचको त्रिकोणात्मक टी–२० श्रृंखलाको मलेसिया र पपुवा न्यूगिनी बिचको खेलमा पपुवा न्यूगिनीले मलेसियालाई ८ विकेटले पराजित गरेको ।
मलेसियाले दिएको १९७ रनको विशाल लक्ष्य पपुवा न्यूगिनीले १७.४ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । पपुवा न्यूगिनीका लागि कप्तान असद वालाले ५१ बलमा ७४ रनको पारी खेलेका थिए भने टोनी उराले ३४ बलमा ८६ रनको विस्फोटक पारी खेलेका थिए ।
टोनी उराले आफ्नो पारीमा २ चौका र १० छक्का प्रहार गरेका थिए । मलेसियाका लागि बलिङ्ग तर्फ मोहम्मद वाफिक र स्याजरुल इद्रुसले समान १/१ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको मलेसियाले २० ओभरमा ६ विकेट गुमाएर १९६ रन बनाएको थियो । मलेसियाका लागि ब्याटिङ्गमा कप्तान अहमद फैज र सैयद अजिजले अर्धसतकीय पारी खेलेका थिए । कप्तान अहमद फैजले ६३ रन बनाएर आउट भएका थिए भने सैयद अजिजले ६४ रन बनाएर आउट भएका थिए । पपुवा न्यूगिनीका लागि बलिङ्ग तर्फ काबुआ मोरियाले सर्वाधिक ४ विकेट हात पारेका थिए ।