पूर्वराजाले सर्वसाधरणलाई टीका लगाइदिने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले २०८० को विजया दशमीको अवसरमा सर्वसाधारणहरूलाई टीका लगाइदिने भएका छन्। शाहको सचिवालयले आइतबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो।
शाहले आफन्तसँग टीका लगाउने कार्यक्रम सकिएसँगै बेलुका ४ बजेदेखि निर्मल निवासमा सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको छ। यस वर्षको विजयादशमी आगामी कार्तिक ७ गते परेको छ । पूर्व राजदम्पतीले हरेक वर्ष सर्वसाधारणलाई टिका लगाइदिने गरेका छन् ।