काठमाडौं । पूर्वसभासद आङटावा शेर्पा जिल्ला प्रहरी परिसर काठमाडौंमा उपस्थित भएका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडिएको थाहा पाएको भन्दै उनी सोमबार परिसरमा उपस्थित भएका हुन् । उनीविरूद्ध कुनै पक्राउ पुर्जी भने जारी भएको थिएन। तर समाचारहरूमा उनीविरूद्ध पनि पक्राउ पुर्जी जारी भएको भन्ने खबर पाएर त्यसबारे बुझ्न परिसर आएको बताइएको छ ।
पूर्वसभासद आङटावा पुगे प्रहरी कार्यालय
