काठमाडौं । अमेरिकाको पेन्सिलभेनिया राज्यका लागि पर्यटन तथा सद्भावना दूतमा विनोद अधिकारी नियुक्त भएका छन् । पर्वतीय पर्यटन प्रवर्द्धनमा सक्रिय अधिकारीलाई मन्त्रीस्तरीय निर्णयबाट पेन्सिलभनियाको पर्यटन सद्भावना दूतमा नियुक्ति गरिएको हो । चार वर्षे कार्यकालका लागि नियुक्त भएका अधिकारीलाई मंगलबार पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले नियुक्ति पत्र प्रदान गरे ।
पर्यटन मन्त्रालयले सद्भावना दूत निर्देशिका २०७८ अनुसार पर्यटन गतिविधिमा संलग्न व्यक्तिलाई नियुक्त दिने गर्छ । अधिकारीले कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहणलाई समेटेर वृत्तचित्रसमेत बनाएका छन् ।