पोखरा । पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलमा आज प्रदर्शन (डेमो) उडान हुदैछ । बिहिवार यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले २ बजे विमानस्थलमा डेमो उडान गर्न लागेको जानकारी दिएका छन् । जहाज पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने कार्यक्रम छ । यो विमानस्थलमा १ जनवरी २०२३ बाट व्यवसायीक उडान हुदैछ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो फ्लाइट आज
