प्यूठानमा ट्याक्टर दुर्घटना, ७ जनाको ज्यान गयो

प्यूठान । प्यूठानमा ट्याक्टर दुर्घटनामा परी सात जनाको ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिकाको धरमपानीबाट भिंगृ जाँदै गरेको ट्याक्टर वडा नम्बर तीनस्थित रुमालेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार रोल्पाको रुन्टीगढी गाउँपालिकाका ६ जना र एक जना त्रिवेणी गाउँपालिका रोल्पाका हुन्।

मृत्यु हुनेमा रुन्टिगढि गाउँपालिका–५ वाईजाका अन्दाजी २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय विरेन्द्र वाठा मगर, १९ वर्षीय थमन वाठा मगर, गोर्वधन बुढामगर, २५ वर्षीय कविराम बस्नेत रहेको प्रहरीले जनाएको छ । ट्याक्टर चालक त्रिवेणी गाउँपालिकाका अन्दाजी २५ वर्षीय कमल कुँवर रहेको बताइएको छ । प्रहरीका अनुसार ट्याक्टरमा मजदुरहरु चढेका थिए । उनीहरु भिंगृ स्वर्गद्धारी सडक निर्माणमा खटिएका थिए । यो सढक खण्ड अहिल पिच गरिदैछ ।