प्रचण्ड अब माओवादी केन्द्रको सुदृढिकरणमा लाग्ने, जनताबाट मागे सुझाव

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अब माओवादी केन्द्रको पुनर्स‌रचना तथा सुदृढिकरणमा केन्द्रित हुने भएका छन् । सत्ता जोड घटाउ र नेकपा विवादका कारण आलोचनाको शिकार बनेका उनले यसबीचमा सत्ताको दावि भने गरेका थिएनन् । तर, अब भने उनले पार्टीको सुदृढिकरणमा लाग्ने भएका हुन् ।

आइतबार उनले आफ्नो फेसबुक पेजमार्फत् आगामी दिनमा पार्टीको राजनीतिक एव‌ संगठनात्मक संरचनालाई समेत नयाँ ढंगले अघि बढाउने सोच बनाएको उल्लेख गरेका छन् । उनले पार्टी कस्तो बनाउने भन्ने बारेमा इमेल मार्फत् सुझाव पठाउन जनतासँग आग्रह समेत गरेका छन् ।

उनले भनेका छन्, ‘हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) द्वारा आगामी दिनका लागि विचार, राजनीतिक, संगठनात्मक संरचना, घाइते अपॉग एवं शहिद परिवार लगायत नेता कार्यकताको आचरण अनि व्यवस्थापन र जिम्मेवारीको बारेमा नयॉ ढंगले अगाडी बढाउने सोच राखेकोले उचित राय सल्लाह सुझावको अपेक्षा गरिएको छ।’ उनले  [email protected] इमेल सार्वजनिक गर्दै सुझाव मागेका हुन् ।