काठमाडौं । केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डबीचको सम्बन्ध चिसिएको हल्ला फैलिएको थियो ।
खासगरी सभामुख चयनका विषयमा नेकपाभित्र चुलिएको विवादले दुई नेताबीच दूरी बढेको बताइएको थियो । यसै सन्दर्भमा ओली र प्रचण्डबीच बिहीबार भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच सभामुख चयनबारे छलफल भएको बताइएको छ ।
उपसभामुखलाई राजिनामा गराएर नयाँ सभामुख चयनमा जाने निर्णय गरेको नेकपामा उपसभामुखले राजिनामा गर्न नमानेपछि विवाद चुलिएको हो ।
बिहीबारकोबैठकमा सभामुख चयन प्रक्रियालाई टुंग्याउने विषयमा दुई नेता एकमत भएको बताइएको छ ।
उनीहरुबीच उपसभामुखको राजीनामा गराउने र संसदको गतिरोध अन्त्य गर्ने विषयमा सकारात्मक छलफल भएको छ ।
गत आइतबार प्रचण्ड र ओलीबीच भेट भएयता दुई नेताबीच भेटवार्ता भएको थिएन् ।