काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले वागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।
बुधवार केन्द्रीय कार्यालय पेरिसडाँडामा शाक्यको अध्यक्षतामा बसेको प्रदेशसभा संसदीय दलको बैठकले वागमती प्रदेशको संसदीय दलको नेताबाट डोरमणि पौडेललाई हटाएर उनलाई ९शाक्य०चयन गरेको हो ।
बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । अब उनले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।
बागमती प्रदेशमा नेकपाका ८१ जना संसद छन् । जसमध्ये ४५ जना शाक्यको पक्षमा रहेको स्रोतले जानकारी दियो । बागमती प्रदेशमा जम्मा प्रदेश सांसदको संख्या ११० रहेको छ ।