काठमाडौं । शुक्रबार नेकपाको शक्ति प्रदर्शन लगत्तै अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । यो भेटवार्तामा उपराष्ट्रपति नन्दबहादुर पुनले सहजिकरण गरेका छन् । तीन नेताबीच उपराष्ट्रपति निवास लैनचौरमा करीव एक घण्टा भेटवार्ता भएको हो ।
भेटमा सरकारको कदमाट उत्पन्न भएको राजनीतिक परिस्थिति र अब लिने रणनीतिबारे छलफल भएको बताइएको छ । यद्दपी नेताहरुल भेटबारे औपचारिक विषय भने सार्वजनिक गरेका छैनन् ।
तीन नेता अहिले फरक फरक मोर्चामा भएपनि विगतका सहयात्री हुन् । सोहीकारण असहज परिस्थितिमा उनीहरुबीचको एकताले मुलुकलाई समेत पार लगउने काम विगतमा भएका थिए । प्रचण्ड जनयुद्वका नेतृत्वकर्ता हुन् ।
बाबुराम भट्टराईको व्यक्तित्वले जनयुद्धलाई उचाईमा पुर्याउने काम गरेको थियो । जनयुद्धमा कुशल सैन्य नेतृत्व भने नन्दबहादुर पुनले गरेका थिए । शुक्रबारको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
केपी ओलीले आफ्नो सत्ता बचाउन अझै प्रतिगामी र असंवैधानिक कदम लिन सक्ने आंशका भइरहेका समयमा शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो । सरकारले अहिले आफु माथि देखाउन कीर्ते काम गरिरहेको छ ।
यसअघि संसद विघटनको निर्णय राजपत्रमा नभएको विषय अदालतमा उठेपछि रातारात छाप्दै सरकारले अर्को कीर्ते काम गरेको खुलासा भएको छ ।