काठमाडौं । आजबाट नेपालको पश्चिमी भेगमा वर्षा शुरु भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले मौसम बदलिएको मौसम पूर्वानुमान महाशाखाको भनाई छ । अहिले सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य र बागमती प्रदेशमा आंशिक बदली भएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बिहान पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा भएको छ । उच्च हिमाली क्षेत्रमा हिमपात हुने पूर्वाधानुमान छ । आज पानी पर्ने र हिमपातपछि तापक्रममा उच्च गिरावट आउने छ । यसले चिसो बढाउने छ ।
आज दिउँसो र रातिसम्म सुदूर पश्चिम, कर्णाली, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानमा र प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शनिबारसम्म मौसम प्रतिकुल रहने र आइतबारबाट सामान्य हुने भएको महाशाखाको भनाई छ ।