प्रतिनिधिसभा फेरि स्थगित

काठमाडौं । विहीवार लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

संसद सचिवालयले अर्को बैठक पुस २८ गते बस्ने गरी बिहीबारको बैठक स्थगित गरेको सूचना जारी गरेको हो।

सूचनामा भनिएको छ, ‘प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल पुस २८ गते बुधबार दिनको १: ०० बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरुको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

यसअघि १८ पुसका लागि बोलाइएको संसद् बैठक माओवादी केन्द्रको महाधिवेशन नसकिएको भन्दै उसको अनुरोधमा २२ पुसका लागि सारिएको थियो।