प्रदेश नम्बर ३ को नाम अब बाग्मती, राजधानी हेटौडा

काठमाडौं । प्रदेश नं ३ को नाम बाग्मती र राजधानी हेटौडा हुने गरी प्रदेशसभाबाट पारित भएको छ ।

प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेशको नाम बाग्मती राख्ने निर्णयलाई सर्वसम्मतले पारित गरेको हो। प्रदेशको नाम बाग्मती राख्ने प्रस्तावमा एक सय ८ मत आएको छ प्रदेशसभामा एक सय १० सांसद छन् ।

दुई जना भने अनुपस्थित थिए । सोही बैठकले राजधानी हेटौंडा राख्ने निर्णय गरेको हो ।

हेटौंडा राजधानी राख्ने पक्षमा भने एक सय ५ मत आएको छ । प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले राजधानी हेटौंडा राख्ने प्रस्ताव प्रदेशसभामा पेश गरेका थिए ।