प्रदेश २ सरकारमा कांग्रेस सहभागी, तीन मन्त्रीले लिए सपथ

जनकपुर । प्रदेश २ सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । मुख्यमन्त्री लालबाबु राउतले कांग्रेसलाई समेटेर मन्त्रिपरिषद् बिस्तार गरेका हुन् । कांग्रेस संसदीय दलका नेता रामसरोज यादव भौतिक पूर्वाधार, यातायात, ओमप्रकाश शर्मा ऊर्जा विकास तथा खानेपानी र वीरेन्द्र सिंह महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् ।

कांग्रेसलाई सरकारमा सहभागी गराउन सात वटा मन्त्रालय फुटाएर ११ वटा पुर्याइएको छ । सरकारलाई साथ दिएको नेकपा माओवादी केन्द्र भने सरकारमा सहभागी भएको छैन । केन्द्रमा अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा गएपछि उनी पक्षका नेताको मन्त्रीपद प्रदेशमा भने गुमोको छ । त्यसको साटो कांग्रेसलाई समेटेर मन्त्रीपरिषद् बिस्तार भएको छ ।