प्रधानमन्त्रीको आदेशपछि परराष्ट्र मन्त्रीको जेनेभा भ्रमण रद्द

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आदेशपछि परराष्ट्रमन्त्री विमला राई पौड्यालको स्वीट्जरल्याण्ड भ्रमण रद्द भएको छ । संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्को बैठकमा भाग लिन राई आइतबार परराष्ट्रमन्त्री जेनेभा जाने तयारी थियो । यसअघि भ्रमणको तयारीका क्रममा मन्त्री पौडेलले जेनेभा भ्रमणका क्रममा राष्ट्रिय मानवअधिकार आयोगलाई क श्रेणीमै कायम राख्न पहल गर्ने बताएकी थिइन् ।

मानवअधिकार संस्थाहरुको अन्तर्राष्ट्रिय सञ्जाल (गानरी) ले नेपालको मानवअधिकार आयोगलाई ख श्रेणीमा घटुवा गर्न सिफारिस गरेको छ । मन्त्री पौडेल जेनेभाबाट दोहा आउने र त्यहाँ अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा सहभागी हुने कार्यक्रम पनि थियो । तर अब उनको भ्रमण नै रोकिएको छ ।