काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई विश्वासको मत माग्दै आज नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाको निवासमा पुगेका छन् । तर, देउवाले भने उनलाई निरास बनाए । किनकी कांग्रेसको संस्थापन निर्णय नै विश्वासको मतको विरुद्धमा भोट हाल्ने रहेको छ ।
देउवा निवास बूढानीलकण्ठमा प्रधानमन्त्री दलबलसहित पुगेका थिए । त्यहाँ उनले सहकार्यको प्रस्ताव गरे । बैठकपछि नेपाली कांग्रेसका सह महामन्त्री डा.प्रकाशशरण महतले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रियामा सहयोग गर्न आग्रह गरेको जानकारी गराए ।
जवाफमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल भएकोले कांग्रेसले विश्वासको मत दिन नसक्ने स्पष्ट पारे । भेटमा कांग्रेसको तर्फबाट कोरोना महामारी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । साथै सरकारले मंगलबार ल्याएका अध्यादेशको समेत विरोध गरेको छ ।