काठमाडौं । प्रधानमन्त्री शुक्रबार भारत भ्रमणमा जाँदैछन् । यसको पूर्वसन्ध्यामा सत्तारुढ दलको बैठक आजै बस्ने भएको छ । साथै दलहरुबीचमा आसन्न स्थानीय तहको चुनावमा तालमेल गर्ने विषयमा समेत छलफल हुने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे १० बजे बस्न लागेको हो । सत्तारुढ दलका नेताहरुले आगामी वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचन तथा त्यसपछिका प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने तयारी गरेका छन् । नेपाली कांग्रेसले समेत औपचारिक निर्णय गरेपछि सत्तारुढ दल अब यसको मोडालिटीमा जुट्ने भएका छन् ।
प्रधानमन्त्रीको भारत भ्रमण अगाडी आज सत्ता गठबन्धनको बैठक बस्दै
