प्रधानमन्त्री ओलीको सपथ आज, माधव पक्षका नेतासमेत मन्त्री बन्ने

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेताका रुपमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको जानकारी राष्ट्रपति कार्यालयले गराएको छ । ओलीको सपथ ग्रहण कार्यक्रम आज हुँदैछ ।

प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि पदमुक्त भएका थिए । त्यसपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठन गर्न आह्वान गरेकी हुन् । वैकल्पिक सरकार गर्न विपक्षी दल असफल भएपछि उनी पुनः प्रधानमन्त्री बनेका हुन् ।

प्रधानमन्त्री ओलीले आफ्नो सत्ता जोगाइदिएका माधव नेपाल पक्षका सांसदलाई समेत मन्त्री बनाउने तयारी गरेका छन् । यद्दपी नामको टुंगो लागेको छैन । प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र विश्वासको मत प्राप्त गर्नुपर्छ । त्यसो गर्न नसके सरकार पुनः पदमुक्त हुनेछ ।