काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री अोलीले शनिबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । उनले संसदको हिउँदे अधिवेशन अन्त्य, पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री ओलीले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांगेसका सभापति शेरबहादुर देउवा लगायतका नेताहरुलाई फोन गरेका छन् ।