अमृता के सी ( रोनी )
काठमाडौँ, असार २० ।प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्ध विद्यार्थी संगठनहरूले संयुक्तरूपमा देशव्यापी विरोध प्रदर्शन गरेका छन् ।उपत्यका लगायतका ठाउँमा निषेधाज्ञा खुकुलो हुँदै गए संगै लगातार प्रदर्शन गरिरहेका राजनैतिक दल सम्बद्ध ५ विद्यार्थी संगठनहरुले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् ।चाबहिल स्थित पशुपति बहुमुखी क्याम्पसका अनेरास्ववियू सभापति मनोज वैद्यको नेतृत्वमा नेविसंघका विद्यार्थीहरुले प्रधानमन्त्री ओलीको शनिबार पुत्ला दहन गरेका हुँन् ।

विरोध प्रदर्शनकै क्रममा नेविसंघ कोटेश्वर बहुमुखी क्याम्पस इकाईले आजै जडीबुटी पुलमा प्रधान मन्त्रीको पुत्ला दहन गर्दै मसाल जुलुस निकालेको छ ।त्यसैगरी नेपाल कमर्स क्याम्पस मिनभवनमा पनि शनिबार नै विपक्षी गठबन्धनका विद्यार्थी संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।

देशको विभिन्न ठाउँमा नेबिसंघ, माधव नेपाल समूहको अनेरास्ववियू, अखिल क्रान्तिकारी सहितका ५ विद्यार्थी संघ संगठनहरूले ओलीको असंवैधानिक कदमको विरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।मसाल जुलुस सहित उत्रिएका विद्यार्थीहरुले प्रधानमन्त्रीको असंवैधानिक कदम सच्चिनु पर्ने लगायतका मागहरु राखेका छन् ।
