काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने तयारी गरिएको छ । नेपाली संचारमाध्यमले प्रधानमन्त्री निकट स्रोतलाइ उदृत गर्दै यसको पुष्टि गरेका छन् । सर्वोच्च अदालतले २८ असारमा पुनस्र्थापना गरेको संसदको बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्रीले आजकै बैठकमा विश्वासको मत लिने गरि तयारी थाल्न भनेका छन् । जसपाका चार साम्सद उपेन्द्र यादव खेमामा आएको र एमाले विवाद नसेलाएको समयमै विश्वासको मत लिइहाल्ने मुडमा प्रधानमन्त्री पुगेका छन् ।
प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने
