न्युयोर्क ।
प्रवासी नेपाली मंच अमेरिकाले आगामी मे ३१ र जुन १ मा आफ्नो चौथो अधिबेशन गर्दैछ । टेक्सस राज्यको डालासमा हुन गईरहेको अधिवेशनमा २३५ समिती सदस्यको सहभागीता हुनेछ । दुई दिने अधिवेशनले नया कार्यसमिति चयन गर्दै संस्थाको भाबी गतिबिधिलाई सक्रीय रुपमा अगाडि बढाउने जनाईएको छ ।
समितिले गत आईतबार सांझ जुम मार्फत पत्रकार सम्मेलन गर्दै आगामी अधिवेसन बारे जानकारी दिएको हो । यसपटक कार्यक्रमको उद्घाटन गर्नका लागि नेपालबाट अतिथि बोलाईएको छैन । प्रवासी नेपाली मंच अन्तराष्ट्रीय कमीटीका अध्यक्ष संजय थापाद्वारा कार्यक्रम उद्धाटन गरिने मंचका अमेरिकाका अध्यक्ष कृष्ण लामिछानेले जानकारी दिए । उनले अधिवेशनमा सबैलाई सहभागी हुन पनि आह्वान गरेका छन् ।
अधिवेशनमा परम्परागत रुपमा गरिने उद्घाटन कार्यक्रमहरु हटाएर नयां प्रयोग गरिनेछ । आई टीका बिज्ञहरुबाट सुचना र प्रबिधिको बिकासबारे जानकारी गराउने, कसरी ब्यबसायमा लगानी गर्ने भन्नेबारे छलफल गरिने पनि बताए ।
मंच अमेरिकाको २७ राज्यमा विस्तार भईसकेको छ र सदस्य संख्या ८६३ रहेको छ ।अधिवेशनमा २३५ प्रतिनिधिले भाग लिने बताईएको छ । अधिवेशनमा सर्बसम्मतिले नया कार्यसमिती चयन गरिनेछ । सहमती मार्फत चयन हुन नसके मात्रै निर्वाचन प्रकृयामा जानुपर्ने भएकाले निर्वाचनमा अनलाईन मार्फत समेत मतदान गर्ने व्यवस्था मिलाईएको मंचका सचिव छबी पाण्डेले जानकारी दिए ।