प्रशान्त महासागरमा गयो ७.७ म्याग्निच्यूटको भूकम्प, सुनामीको चेतावनी

दक्षिणी प्रशान्त महासागरमा गएको शक्तिशाली भूकम्पपछि सुनामस्को चेतावनी दिइएको छ । त्यहाँ बुधबार साँझ ७.७ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भूवैज्ञानिक एजेन्सीले जनाएको छ । भूकम्प लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा गएको बताइएको छ ।

यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको छ । भूकम्पले पुर्याएको मानवीय तथा भौतिक क्षतिको विवरण आएको छैन । उता, अष्ट्रेलियाको मौसम एजेन्सीले दक्षिण प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प गएको पुष्टी गर्दै सुनामी आउने बताएको छ ।

सुनामीका कारण लर्ड होवे द्वीप जोखिममा रहने छ । उता, अमेरिकी सुनामी चेतावनी केन्द्रले भानुआटु र फिजीमा सुनामीको लहर १ देखि ३.३ फुट माथिसम्म उठ्ने चेतावनी दिँदै सचेत हुनुपर्ने बताएको छ ।