प्राधिकरणले नक्सा पास नगरी भवन बनाएपछि महानगरको चासो

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले सिनामंगलमा निर्माण गरिरहेको भवनको सम्बन्धमा काठमाडौं महानगरपालिकाले चासो देखाएको छ । वडा नम्बर ९ मा प्राधिकरणको नाममा दर्ता कायम भएको जग्गामा अनुमति नलिई भवन निर्माण गरेपछि महानगरले पत्र काटेको हो । महानगरले प्राधिकरणलाई पत्र लेख्दै प्रचलित कानुन बमोजि उक्त भवन निर्माण भएको छ कि छैन भनेर विवरण दिन भनेको छ

। यस्तै उक्त भवनको नक्सा पास नभए कानुनबमोजिम नक्सा पास गर्न निर्देशन दिएको हो । प्राधिकरणले करिब ८ वर्षअघि उक्त भवन निर्माण थालेको थियो । यो ११ तले भवन निर्माणका लागि प्राधिकरणले पौने दुई अर्ब रूपैयाँ खर्च भएको छ । प्राधिकरणको यो भवनमा एरोड्रोम र इन्जिनियरिङ विभाग सरिसकेको छ ।