बिष्णु सिंह (बैजु)
“म तिमीलाई प्रेम गर्छु”
अथवा जनजिब्रोको; आई लभ यू
भन्न कति सजिलो
अढाई अक्षरको “प्रेम”
तर भने जस्तै सजिलै,
बस्छ त युवा-युवती बीच प्रेम ?
एउटा खल्तिबाट झिकेर
अर्को खल्तिमा राखे
जस्तै हो त प्रेम ?
कृतिम प्रेम;
पल्लो अपार्टमेटका एक जोडी
सधै चुम्बन गर्र बाई हनि
नभनि काममा गए
शुभ नहुने आभाष दिन्थे
उत्कृष्ट प्रेमको नमुना
देखाउँथे तिनले प्रेमलापमा ।
केही हप्ता पश्चात एकरात
गो टु हेल, यु शक् भन्दै
दुबैले चिच्याएको सुनियो
धेरै बेर भनाभन गुन्जियो
अनि “बाई हनि” को सट्टा,
दुबैको हातमा आ-आफ्नो ब्याग।
“आई लव यु” को सट्टा “द इन्ड ”
सदाको लागी बाटो अलग ।
यति छिटो प्रेम र बिछोडको दृष्यले
प्रेम बुझ्न कठिन भो ।
प्राकृतिक प्रेम;
एक जोडी चरा चिर्चिर गर्दै,
समागम गर्न थाले ।
अनि खानेकुरा टिपि,
नजिकैको रुखमा आफ्ना
बचेरालाइ चुच्च्चोले खुवाए।
यस्तो दृष्यले प्रेमको
मिठास अनुभुत गरायो
मन तरंगित भई आयो
अर्को प्रेम;
अलि पर दुई युवती
अनौठो हाउभाउ गर्दै,
अर्को पट्टी त्यस्तै युवा जोडी
कसले छेकेको छैन
मानौं कसैले देखेको छैन
प्रेम एक रुप अनेक;
दुई सच्चा मित्र बीचको प्रेम
छोराछोरी प्रतिको प्रेम
छिमेकसंगको प्रेम्
दाजु-भाइ दिदी बहिनीको प्रेम
पशुपंक्षीसंगको प्रेम
देश प्रेम…
अनि अन्तिम क्षणसम्म रहस्य रहने
आफ्नै जीवनँगको प्रेम
अर्धअंगसँगको प्रेम;
न उनलाइ रोजेको, न खोजेको,
त्यतिबेलाको चलन अनुसार्
बुबा-मुमाको निर्णय स्वीकारेको
न उनलाइ कहिले गुलाब दिईयो,
न कहिले “आई लव यु” भनियो ।
तर जिन्दगीको यात्रामा,
हरदम लभ यू महसुस गराइयो !