न्युयोर्क
फ्लोरिडामा एक यात्रुले गाडी चलाईरहेका लिफ्ट ड्राइभरलाई पछाडिबाट घाँटी थिचेर न्याकेको भिडियो सार्वजनिक भएको छ । ३६ वर्षीय ट्राभिस स्मिथ नाम गरेका यात्रुले कोरोना संक्रमणबाट सुरक्षित राख्न बनाएको पार्टेसनलाई च्यातेर कार चालकको गर्धन थिचेको भिडियो सार्वजनिक भएको हो । घटना गत आईतबार बिहानको हो ।
सुरुमा पेसेन्जर र ड्राइभरको बीचमा टांगिएको प्लास्टिकको पर्दाको बारेमा ड्राइभरसँग कुरा गरिरहेका स्मिथले अकस्मात प्लास्टिक पर्दा च्यातेर गाडी चलाईरहेका ड्राइभर माथि आक्रमण गरेको भिडियोमा देखिएको छ । गाडी चालक माथि आक्रमण हुँदा गाडी भित्र तीन जना चढेको भिडियोमा देखिएको छ । स्मिथले चालकलाई आक्रमण गर्न थालेपछि संगै रहेका अर्का ब्यक्ति ढोका खोलेर भागेको देखिएको छ भने नाबालक बच्चा डराएर चिच्याएको आवाज पनि भिडियो सुनिएको छ ।