काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । भारतीय आयल कर्पोरेशनले बढाएर बढाएको बिलसँगै नेपालमा समेत मूल्य बढेको निगमको भनाई छ ।
शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले मूल्य बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिएका छन् । नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ । डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।