भारतीय फिल्म उद्योगका चर्चित नायक अक्षय कुमारले आफुले भर्खरै भारतीय नागरिकता प्राप्तीको लागि निबेदन दिएको बताएका छन् । उनले यस अगाडि आफु क्यानेडियन नागरिक भएको र अहिले क्यानेडियन नागरिकता त्याग गरी भारतीय नागरिकताको लागि निबेदन दिएको बताएका छन् । नायक अक्षयले एक कार्यक्रममा बोल्दै भारतीय नागरिकता प्राप्त गर्नको लागि बारम्बार आफ्नो देश प्रति निष्ठा र बफादारिता प्रमाणित गर्न भनिएकोले दु:खी भएको बताए । उनले भने “म एक भारतीय हुँ । मेरो पत्नी र बच्चाहरु सबै भारतीय नागरिक हुन् । मैले यो देशमा थुप्रै रकम कर तिरेको छु । मेरो जिन्दगी नै भारतको लागि हो । अहिले मैले भारतीय राहदानीको लागि निबेदन दिएको छु । मलाई बारम्बार भारत प्रतिको निस्ठा र बफादारीता प्रमाणित गर्न प्रश्न गरिएको कारण धेरै पिडा भएको छ”।
भारतीय फिल्म उद्योग कै धनाढ्य कलाकार अक्षयले आफुले अभिनय गरेको १४ वटा फिल्म लगातार फ्लप भए पछि फिल्म उद्योगमा कुनै भविष्य छैन भनेर आत्तिएको अवस्थामा क्यानडामा बस्ने एक साथीको सल्लाहमा क्यानाडामा नै बस्ने निर्णयका साथ क्यानाडाको पासपोर्ट लिएको तर १५ फिल्म भने सुपर हिट भएपछि कहिलै पछाडि सोच्न्नु नपरेको समेत बताए ।
सन् २०१६ देखि यताका अक्षयद्वारा अभिनित कुनै पनि फिल्म फ्लप भएका छैनन् ।
श्रोत : हिन्दूस्तान टाईम्स