मुम्बई । हिन्दी सिनेमाका दिग्गज कलाकार दिलीप कुमारको निधन भएको छ । उनको बुधबार बिहान ९८ वर्षको उमेरमा निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनी लामो समयदेखि बिरामी थिए । अस्पतालमा भर्ना गराएका उनको स्वास्थ्यबारे विभिन्न अफवाह फैलिएका थिए । मुम्बईस्थित हिन्दुजा अस्पतालमा उनको निधन भएको हो ।
बलिउडमा ‘ट्रयाजेडी किङ’ उपनामले चिनिने दीलिपकुमारले फिल्म क्षेत्रमा ६ दशक बिताएका थिए। यो अवधिमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए।