ब्राजिलमा विनासकारी बाढी, कम्तिमा २४ को मृत्यु

साओपाओलो । ब्राजिलमा यो साता आएको विनासकारी बाढी र पहिरोमा परी कम्तिमा २४ जना मारिएको खबर सार्वजनिक भएको छ । ब्राजिलमा पछिल्लो दुई दिनयता वर्षासँगै बाढी र पहिरोको प्रकोप बढेको छ । यसले कम्तीमा २४ जनाको ज्यान गइसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । धेरै मानिस विस्थापित भएका छन् ।

ब्राजिलको साओपाओलो सहर सबैभन्दा बढी प्रभावित भएको छ । साओपाओलो राज्यका गभर्नर जोयो दोरियाले २४ जना नागरिकको ज्यान गएको पुष्टि गरेका छन् । यो संख्या अझै बढ्न सक्ने उनले बताए । भारी वर्षाका कारण उद्धारमा कठिनाई भइरहेको छ । बाढीपछि राज्यमा आपतकाल घोषणा गरिएको छ । अधिकांश ग्रामिण भेगमा विद्युत सेवा अवरूद्ध भएको छ । सडक पहिरोले बगाएका कारण यातायात अवरुद्ध भएको छ ।