बानेश्वरमा डाक्टरलाई ठक्कर दिएर भागेको सवारी अझै फरार, प्रहरीलाई चूनौति

काठमाडौं । आइतबार एका बिहानै सिभिल हस्पिटलका डाक्टर प्रभु जोशीलाई एक सवारी साधनले ठक्कर दियो । ठक्करबाट ७२ वर्षिय डाक्टरको ज्यान गयो ।

हजारौं विरामीलाई उपचार गरी निको पारेका डाक्टरले आफूलाई भने बचाउन सकेनन् । मर्निंग बाकमा निस्केका उनलाई बाटो काट्दा सवारी साधनले हानेको हो ।

आइतबार दिनभर प्रहरीले उक्त सवारी साधनको खोजि जारी राखेको छ । तर, अझैसम्म पनि सवारी साधनको सुइकोसमेत पाउन सकेको छैन ।

अझ दुखलाग्दो पक्ष त यो दूर्घटना संसद भवनको सामुन्ने भएको हो । जहाँ २४ सैं घण्टा प्रहरीको पहरा हुन्छ । चारैतर्फ सीसी क्यामरा जडान भएका छन् ।

तर, पनि सवारी साधनको कुनै टुंगो लागेको छैन । प्रहरीका अनुसार सीसीटीभी क्यामराबाट घटनाको फूटेज निकालिएको छ । तर, बिहान ६ बजे नै घटना भएको र पूर्ण उज्यालो नभइसकेका कारण दृष्यको क्वालिटी राम्रो देखिएको छैन ।

जसले गर्दा प्रहरीलाई झनै चूनौति थपिएको छ । प्रहरीका अनुसार ठूलो गाडीले उनलाई ठक्कर दिएको देखिएको छ । तर, ठ्याक्कै ठम्याउन सकिएको छैन ।

काठमाडौंमा पैदल यात्रु निकै असुरक्षित छन् । पैदल यात्रुमैत्री संरचना छैनन् । त्यसमाथि चालकले लापरवाही रुपमा सवारी चलाउँछन् ।