काठमाडौं । मध्यबानेश्वरमा दिउँदै बैंकको सुरक्षामा खटिएका गार्डमाथि खुकुरी प्रहार भएको छ । गाडीले आफ्नो सुरक्षाका लागि भिरेको खुकुरी खोसेर एक जनाले गाडी माथि नै प्रहार गरेका हुन् । प्रहरीका अनुसार ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको हो ।
बैंकमा पुगेका एक सेवाग्राहीले लाइन लाग्ने विषयमा भएको विवादपछि सुरक्षा गार्ड रुद्रबहादुर मगरमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी लागेर उनको हातमा गहिरो चोट परेको र उपचार भइरहेको छ । प्रहरीका अनुसार आक्रमणकारीको खोजी भइरहेको छ । तर, कुनै पनि व्यक्ति पक्राउ परेका छैनन् । घाइते मगरको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।