बारपाकमा जिप दुर्घटना, २ जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

गोरखा । गोरखाको बारपाकमा भएको जिप दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । शिक्षकहरुका चढेको यो दुर्घटनामा सात जना घाइते रहेको प्रहरीले जनाएको छ । ना ५ च ३२९८ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा लमजुङ दूधपोखरी गाउँपालिका वडा नम्बर २ बिचौरस्थित बागिश्वरी माध्यमिक विद्यालयका दुई जना शिक्षकको मृत्यु भएको छ ।

बारपाक घुमेर फर्कंदै गर्दा जिप शनिबार दुर्घटनामा परेको हो । प्रहरीका अनुसार दुर्घटनामा विद्यालयका प्रधानाध्यापक रामेश्वर न्यौपाने र शिक्षक ठाकुर दवाडीको मृत्यु भएको छ। घाइते अवस्थामा थप उपचारका लागि गोरखा अस्पताल पुर्याइएकोमा अस्पतालले राति मृत घोषणा गरेको हो । चालकसहित सात घाइतेको भने उपचार जारी रहेको छ ।